News Griha :: न्यूजगृह
कतारका राजालाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ उपहार दिइने

काठमाडौं— दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिन लागेको हो। थानी आज अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

hatti_khagendra_qatar-1713769285.jpg
खगेन्द्रप्रसाद

सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ दिने तयारी गरिएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन्। कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ।

hatti_rudrakali_qatar-1713769285.jpg
रुद्रकली

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो। सरकारले उनको नेपाल भ्रमणका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०८:५९
Weather Update