News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल टुरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ? 

काठमाडौं— वेस्ट इन्डिजले नेपाल टुरमा आउने ए टिमको छनौट गरेको छ। वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यही २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उकप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ। वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ। विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ।

Prabhu Bank

यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ। सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इन्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौँ ४ मे मा हुने छ।

टीयू मैदानमा हुने यो सिरिजका सबै खेल अपराह्न १ बजेदेखि सुरु हुनेछन्।  

वेस्ट इन्डिज ए टिम:  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:४५
Weather Update