News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 

काठमाडौं— वैशाखको दोस्रो साता लागेपछि सुनको मूल्यमा गिरावट भइरहेको छ।

सोमबार तोलामा १ हजार १ सयले गिरावट आएको सुनको मूल्य मंगलबार २ हजार ७ सयले घटेको छ। 

Prabhu Bank

सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३८ हजार २ सय रहेकोमा आज मूल्यमा गिरावट आइ १ लाख ३५ हजार ५ सय ५० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ८ सय ५० रहेको छ।

त्यस्तै प्रतितोला चाँदीको मूल्यमा ४५ रुपैयाँले गिरावट आएको छ। सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय ५ रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ६ सय ६० रहेको महासंघले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:१४
Weather Update