News Griha :: न्यूजगृह
उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ। सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो।
उपनिर्वाचनमा मतदान गर्न के-के प्रमाणपत्र चाहिन्छ?
उपनिर्वाचनमा मतदान गर्न के-के प्रमाणपत्र चाहिन्छ? त्यस्तै मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ। 
तराई–मधेसमा ३ दिन तातो हावा चल्न सक्ने, यसरी अपनाउन सकिन्छ सावधानी 
तराई–मधेसमा ३ दिन तातो हावा चल्न सक्ने, यसरी अपनाउन सकिन्छ सावधानी  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशका जिल्लामा तातो हावा तथा तातो लहर चल्ने सक्ने बताएको छ।महाशाखाले केही दिनदेखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको र यो क्रम वैशाख १४ गतेसम्म रहनसक्ने प्रक्षेपण गरेको हो। 
नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै'मा
नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै'मा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
हमासको आक्रमण असफल बनाउन नसकेको भन्दै इजरायली सेनाको गुप्तचर विभाग प्रमुखले दिए राजीनामा 
हमासको आक्रमण असफल बनाउन नसकेको भन्दै इजरायली सेनाको गुप्तचर विभाग प्रमुखले दिए राजीनामा  इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन्। ७ अक्टोबरमा हमासको हमलालाई असफल बनाउन नसकेको जिम्मेवारी लिएर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ।
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा 
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा  गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ। 
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने 
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने  गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ। 
स्रोतहरु सीमित छन्, आवश्यकताहरु असीमित भएः मन्त्री तामाङ
स्रोतहरु सीमित छन्, आवश्यकताहरु असीमित भएः मन्त्री तामाङ संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन्।  
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।
कतारका अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल आफैँ विमानस्थल जाने  
कतारका अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल आफैँ विमानस्थल जाने   कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका सन्दर्भमा तयारी तीव्र पारिएको छ।  मंगलबार साँझ कतारका राजा थानी नेपाल आउन लागेका हुन्। उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्। 
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४३ वर्षीय अजय कुमार साह रहेका छन्। 
Weather Update