News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं— हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४३ वर्षीय अजय कुमार साह रहेका छन्। 

Prabhu Bank

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले पर्सा वीरगंज महानगरपालिका–६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रूपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका संचालक अजय कुमार समेतलाई पक्राउ गरेको हो।

उनीहरू उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:४२
Weather Update