News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनमा मतदान गर्न के-के प्रमाणपत्र चाहिन्छ?

काठमाडौं— निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र बारे निर्णय गरेको छ। 

आयोगले इलाम २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र देखाएर मतदान गर्न सक्ने जनाएको छ। 

Prabhu Bank

त्यस्तै मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ। 

आयोगले उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:०२
Weather Update