News Griha :: न्यूजगृह
कतारका अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल आफैँ विमानस्थल जाने  

काठमाडौं— कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका सन्दर्भमा तयारी तीव्र पारिएको छ।  

मंगलबार साँझ कतारका राजा थानी नेपाल आउन लागेका हुन्। उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्। 

सरकारले कतारी राजाको भ्रमणको सन्दर्भमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ। 

नेपालबाट पटकपटक कतारमा उच्चस्तरीय राजकीय भ्रमण हुने गरे पनि कतारबाट भने पहिलोपटक हुन लागेको हो। सो सन्दर्भमा सरकारले उनको भ्रमणलाई प्राथमिकतामा राखेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:५७
Weather Update