News Griha :: न्यूजगृह
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं—क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम ढकालको इजलासमा आजका लागि पेसी तोकिएको थियो। 

तर आजका लागि न्यायाधीशद्वयले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेका हुन्। 

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए। त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो। 

 जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो। 

जिल्ला अदालतको फैसला उपर लामिछाने पुनरावेदनका लागि उच्च अदालत पाटन गएका हुन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:२१
Weather Update