News Griha :: न्यूजगृह
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा 

काठमाडौं— गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ। 

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिए पनि सुनुवाइ नसकिएपनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा परेको हो। 

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। 

गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमालेका अधिकारीको नियुक्तीमा सभामुखको समेत संलग्नता देखिएपछि निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। 

त्यस्तै प्रदेश अधिवेशन नडाक्न माग गर्दै दिएको निवेदन भने रिट निवेदक सुरेन्द्र पाण्डेको पक्षबाट इजलासमै फिर्ता लिइएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:५९
Weather Update