News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मनिषालाई ‘दिल तो पागल हे’को अझै पछुतो

काठमाडौं— बलिउड अभिनेत्री मनिषा कोइराला अहिले सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन्। यो पिरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन्। मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

हालै एक अन्तर्वार्तामा मनिषाले आफ्नो करियरको बारेमा कुराकानी गरेकी छिन्। उनले फिल्म ‘दिल तो पागल हे’ अस्वीकार गर्दाको पछुतो अहिले लागिरहेको बताइन्।

Prabhu Bank

मनिषाका अनुसार उनलाई यश चोपडाले ‘दिल तो पागल हे’का लागि अफर गरेका थिए, तर उनले त्यो अफरलाई अस्वीकार गरिन्। फिल्ममा यशले मनिषा र माधुरी दिक्षितलाई अभिनय गराउने सोच बनाएका थिए। तर मनिषाले यशको प्रस्तावलाई सिधै अस्वीकार गरिन्।

‘मलाई आफ्नो करियरको ठूलो पछुतो यो कुरामा छ कि मैले यश चोपडाजीका साथ कुनै फिल्म गर्न पाइनँ। ‘दिल तो पागल हे’मा मलाई माधुरीका साथ काम गर्न प्रस्ताव गरिएको थियो। तर म माधुरीसँग डराएँ र फिल्मबाट पछि हटेँ,’ उनले भनेकी छिन्।

मनिषाले अस्वीकार गरेपछि निशाको भूमिका करिश्मा कपूरले निर्वाह गरेकी थिइन्। यो फिल्मले उनको करियर चम्किएको थियो।

‘दिल तो पागल हे’ अस्वीकार गरेको केही वर्षपछि मनिषाले राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा माधुरी दिक्षितका साथ अभिनय गरिन्।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:११
Weather Update