News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

काठमाडौं— नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ।

दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन्।

Prabhu Bank

थानीलाई होटेल सोल्टीमा राखिएको छ। प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केही बेरमा त्यहाँ जाँदैछन्। 

वातापछि दुवै देशबीच सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि कतारी राजा थानी स्वदेश फर्किनेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आएका राजा थानीलाई मंगलबार राष्ट्रपति पौडेल आफैँ विमानस्थल पुगेर विशिष्ट कक्षमा स्वागत गरेका थिए। 

लगत्तै थानी र पौडेलबीच भेटवार्ता भएको थियो। बेलुका राष्ट्रपति पौडेलले रात्रीभोज समेत गरेका थिए। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:१३
Weather Update