नेपाली लोकतन्त्र जय होस् सोमबार, वैशाख ११, २०८०

छलफलमा जुटे तीन दलका शीर्ष नेता सोमबार, वैशाख ११, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
रवि लामिछानेले लिए अग्रता सोमबार, वैशाख ११, २०८० इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २ हजार ४ सय ८४ मत गणना हुँदा लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन् ।

बारा २ मा जनमतका कुशवाहालाई ३० मतको अग्रता सोमबार, वैशाख ११, २०८० जारी मत गणना अन्तर्गत कुशवाहाले ६२८ मत ल्याउँदा यादवले ५७१ मत पाएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।

चितवन २ मा एमालेलाई झिनो मतको अग्रता, रवि दोस्रो स्थानमा सोमबार, वैशाख ११, २०८० उपनिर्वाचन अन्तर्गत इच्छाकामना- १ को ९७९ मतगणना गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत ल्याएर अग्रता लिएका हुन् ।

२१ वडाको मत गन्दा स्वर्णिमले ल्याए १५ हजार बढी मत सोमबार, वैशाख ११, २०८० २१ वडाको ३१ हजार दुई सय १९ मतको गणना गर्दा वाग्लेले १५ हजार नौ सय ५८ मत प्राप्त गरेका छन् ।

चितवन २ मा मतगणना सुरु सोमबार, वैशाख ११, २०८० चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति रवि लामिछाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् ।

बारामा जसपा अगाडि, कस्तो छ रास्वपाको स्थिति? सोमबार, वैशाख ११, २०८० एमालेका पुरुषोत्तम पौडेलले १ सय ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन् । प्रारम्भिक मतपरिणामलाई हेर्दा बारामा रास्वपा कमजोर देखिएको छ । बारा आम जनता पार्टीका उम्मेदवार अरुणा ज्ञवालीले १२ मत प्राप्त गरेकी छन् ।

रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण सोमबार, वैशाख ११, २०८० निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो ।

माओवादीले जितेको वडामा स्वर्णिम वाग्लेलाई ७३ प्रतिशत मत सोमबार, वैशाख ११, २०८० यस निर्वाचन क्षेत्रमा पर्ने आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले ७३ प्रतिशत मत प्राप्त गरेका हुन् ।

उपनिर्वाचनमा ठुला पार्टीप्रति जनताको चासो देखिएन, पार्टीलाई सुधार्नुपर्छ : देउवा सोमबार, वैशाख ११, २०८० सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठुला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको बताएका हुन् ।

बारा– २ मा मतगणना सुरु, रास्वपाले लिन्छ अग्रता? सोमबार, वैशाख ११, २०८० करैयामाई गाउँपालिका– १ र सुवर्णपुर गाउँपालिका–१ नम्बर वडाबाट सुरु मतगणना सुरु गरिएको छ । बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा तथा रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

स्वर्णिम वाग्लेलाई कांग्रेस र एमाले उम्मेदवार भन्दा दोब्बर मतको अग्रता सोमबार, वैशाख ११, २०८० वाग्लेले १२ हजार ७०५ मत ल्याउँदा भट्टराईले ७ हजार ६४६ मत ल्याएका छन् भने खनालले ४ हजार २१९ मत ल्याएका छन् ।









