स्वर्णिम वाग्लेलाई कांग्रेस र एमाले उम्मेदवार भन्दा दोब्बर मतको अग्रता

तनहुँ— तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १२ हजार मत कटाएका छन् ।
जारी मतगणना अन्तर्गत रास्वपाका उम्मेदवार वाग्लेले पाएको मत नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालले पाएको मत जोड्दा पनि वाग्लेले दोब्बर मत ल्याएका छन् ।
वाग्लेले १२ हजार ७०५ मत ल्याउँदा भट्टराईले ७ हजार ६४६ मत ल्याएका छन् भने खनालले ४ हजार २१९ मत ल्याएका छन् ।
तनहुँ १ निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये अहिलेसम्म १७ वडाको मत गनेर सकिएको छ । रास्वपाका उम्मेदवार वाग्लेले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा अहिले मतगणना कार्य भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १३:०३













