News Griha :: न्यूजगृह
रवि लामिछानेले लिए अग्रता 

काठमाडौं— सुरुवाती मतगणनामा पछि परेका रवि लामिछानेले चितवन १ को जारी मतगणनामा अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २ हजार ४ सय ८४ मत गणना हुँदा लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक मतपरिणाममा अगाडि रहेका एमालेका रामप्रसाद न्यौपानेले ६ सय ५५ मत सहित रविलाई पछ्याइरहेका छन् । मतगणनाको प्रारम्भिक परिणामअनुसार कांग्रेसका जितनारायण श्रेष्ठ ५ सय ८८ मत सहित तेस्रो स्थानमा छन् ।

आइतबार भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २ सय ७७ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १५:४२
Weather Update