
चितवन— चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।
सोमबार दिउँसो २ बजेबाट मत गणना सुरु भएको हो । दिउँसो १ बजेबाट मतगणना गर्ने भनिए पनि एक घण्टा ढिला मत गणना सुरु भएको हो ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टी सभापति रवि लामिछाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् ।
इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको छ । एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । जम्मा खसेको मतमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।
मुख्य निर्वाचन कार्यालयले केही समयपछि पहिलो चरण गणना भएको परिणाम आउने जानकारी दिएको छ ।













