२१ वडाको मत गन्दा स्वर्णिमले ल्याए १५ हजार बढी मत

तनहुँ— तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार बढी मत ल्याएका छन् ।प्रतिनिधि सभा सदस्यको उपचुनाव अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २१ वडाको ३१ हजार दुई सय १९ मतको गणना गर्दा वाग्लेले १५ हजार नौ सय ५८ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार एक २० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार एक सय ६६ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा छ हजार आठ सय ३८ मतले अग्रता लिइरहेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ यसमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १५:१४













