News Griha :: न्यूजगृह
बारा– २ मा मतगणना सुरु, रास्वपाले लिन्छ अग्रता?

काठमाडौं—  बारा– २ मा भएको आइतबार भएको उपनिर्वाचनको मतगणना सोमबार दिउँसो सुरु भएको छ ।

करैयामाई गाउँपालिका– १ र सुवर्णपुर गाउँपालिका–१ नम्बर वडाबाट सुरु मतगणना सुरु गरिएको छ । बारा  २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा तथा रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

तनहुँमा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले जित नजिक छन्  । अहिले सबैको ध्यान चितवन र बारामा छ  । उपनिर्वाचनको तीन सिटमै क्लिनस्विप गर्ने योजना रास्वपाको थियो । चितवनमा पनि मत गणनाको तयारी भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:१९
Weather Update