चितवन २ मा एमालेलाई झिनो मतको अग्रता, रवि दोस्रो स्थानमा

काठमाडाैं— चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारले शुरूआती अग्रता लिएका छन् ।
उपनिर्वाचन अन्तर्गत इच्छाकामना- १ को ९७९ मतगणना गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत ल्याएर अग्रता लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ ल्याएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।
गत ४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि यस क्षेत्रमा रवि पछाडि परेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १५:२९













