स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने शुक्रबार, जेठ ५, २०८०

जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लगत तयार गरिने शुक्रबार, जेठ ५, २०८० शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने उल्लेख गरिएको छ ।

पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचानको लागि निशुल्क उपचार सुरु गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले महिलाहरूमा देखिने पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचानको लागि निशुल्क उपचार सुरु गरिने बताएका छन् ।

नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने बताएका छन् ।
शैक्षिक क्यालेन्डर परिमार्जन गरिने, हरेक स्थानीय तहमा स्मार्ट विद्यालय शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम गर्नका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गरिने बताएका छन् । त्यसका लागि शैक्षिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने सरकारी नीति शुक्रबार, जेठ ५, २०८० सरकारले सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने नीति लिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु कम हुँदै गएको परिप्रेक्ष्यमा सरकारले यस्तो नीति लिएको हो ।

हिमाल बचाउ अभियान सुरु गरिने, अन्तर्राष्ट्रिय सहायता प्रदान गर्न सरोकारवाला मुलुकसँग पहल गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले हिमाल बचाउ अभियान सुरु गरिने बताएका छन् ।
सरकारले नेपाल टेलिभिजन र रेडिओ नेपाललाई गाभ्ने शुक्रबार, जेठ ५, २०८० शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो । त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।

सबै खाले बालश्रम शोषणको अन्त्य गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै खाले बालश्रम शोषणको अन्त्य गरिने बताए ।

बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गरिने शुक्रबार, जेठ ५, २०८० सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ ।

डढेलो नियन्त्रणका लागि आधुनिक उपकरणको व्यवस्था गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डढेलो तथा आगलागीको घटना नियन्त्रणका लागि आधुनिक उपकरणको व्यस्था गरिने बताएका छन् ।
उद्धारका लागि राष्ट्रिय एकीकृत आकस्मिक प्रणाली सुरु गर्ने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले आगलागी, दुर्घटना र आपराधिक क्रियाकलापबाट गम्भीर घाइते भएकाको उद्धारको लागि राष्ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरी सुरु गर्ने बताए ।








