News Griha :: न्यूजगृह
पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचानको लागि निशुल्क उपचार सुरु गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले महिलाहरूमा देखिने पाठेघर र स्तन क्यान्सरको शीघ्र पहिचानको लागि निशुल्क उपचार सुरु गरिने बताएका छन् ।

उनले सो कार्यक्रमलाई विशेष कार्यक्रमको रूपमा राखी देशैभरि सञ्चालन गरिने शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रममार्फत् जानकारी दिए । 

यस्तै, उनले सातै प्रदेशमा संघीय अस्पतालनमा निसन्तान सेवाको उपचार गरिने बताए । उनले सुदूर पश्चिमका विकट जिल्ला र कर्णालीका दुर्गम जिल्लाका क्षेत्रमा स्वास्थ्य सेवा नपाएर अल्पवायुमै प्राण त्याग्नुपर्ने भएकाले त्यसको सम्बोधन गरी सेवाग्राहीले लाभ पाउने गरी स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:४७
Weather Update