News Griha :: न्यूजगृह
हुलाकी राजमार्ग : दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट
हुलाकी राजमार्ग : दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार ८५७ किमीमध्ये अहिलेसम्म ९५७ किमी कालोपत्र सकिएको छ । 
नीति तथा कार्यक्रम : शिक्षक दरबन्दी थप गरिने
नीति तथा कार्यक्रम : शिक्षक दरबन्दी थप गरिने सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिने र विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई अभियानकैरुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
शनिबार तपाईंको राशिफल 
शनिबार तपाईंको राशिफल  ६ जेठ २०८०, शनिबार । जेठ शुक्ल प्रतिपदा तिथि । पञ्चाङ्ग अतिगंड किंस्तुघ्न कृत्तिका । आजबाट गोसाइकुण्ड स्नान आरम्भ । दशहरा स्नान आरम्भ । तपाईंको राशिफल यस्तो छ । 
दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण
दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।
भारतमा अब २ हजारका नोट नचल्ने
भारतमा अब २ हजारका नोट नचल्ने भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ ।
विदेशमा रहेका नेपालीले भोट दिने व्यवस्था मिलाउने घोषणा
विदेशमा रहेका नेपालीले भोट दिने व्यवस्था मिलाउने घोषणा सरकारले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रमले व्यावसायीहरू उत्साहित
सरकारको नीति तथा कार्यक्रमले व्यावसायीहरू उत्साहित सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्त्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएकोजस्तो : योगेश भट्टराई
नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएकोजस्तो : योगेश भट्टराई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन् ।  शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रम : सरकारले उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने
नीति तथा कार्यक्रम : सरकारले उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने सरकारले न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त आयोग गठन गरिने बताए ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री महत
नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री महत अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रमलाई कुन दलका नेताले के भने ?
सरकारको नीति तथा कार्यक्रमलाई कुन दलका नेताले के भने ? जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति कार्यक्रम कर्णप्रियसहित सबै राम्रा कुरा मात्र समेटिएको प्रतिक्रिया दिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीति कार्यक्रम लामो निबन्ध र दन्त्यकथा जस्तो देखिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नीति कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन नगरेको बताए ।
Weather Update