News Griha :: न्यूजगृह
शनिबारको मौसम कस्तो रहला?

 काठमाडौं— हाल मुलुकमा पश्चिमी वायुको साथसाथै स्थानीय वायुको सामान्य प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र ट्याङ्कसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:०७
Weather Update