नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड शनिबार, जेठ ६, २०८०

रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या शनिबार, जेठ ६, २०८० रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो ।

सांसद गौतम आमरण अनसन बसेको आठौँ दिन टेक्यो, सरकार अझै मुकदर्शक शनिबार, जेठ ६, २०८० उनी भत्किएको जब्दीघाटको पुलमुनि बर्दियाका कांग्रेसका नेतासहित अनसन बसेका छन् । तर, अझै पनि सांसद गौतमको मागप्रति सरकार गम्भीर बन्न सकेको छैन ।

शीर्ष तीन नेताको बैठक शरणार्थी प्रकरण सामसुम पार्न होइन : प्रधानमन्त्री प्रचण्ड शनिबार, जेठ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष र सत्तापक्षका तीन शीर्ष नेताबीच हुने गरेको भेटवार्ता शरणार्थी प्रकरण सामसुम पार्न बसेको भन्ने आरोप गलत भएको बताएका छन् ।

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता शनिबार, जेठ ६, २०८० दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् ।

कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे शनिबार, जेठ ६, २०८० ‘अहिले भर्खरै हामीले उद्योग चलाउँछौँ, रोजगारी सिर्जना गर्छौँ भनेर सम्भव छैन, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुवात गर्नुपर्ने छ,’ उनले भने, ‘हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत सामूहिक खेती प्रणालीको सुरुवात गर्छौँ ।’

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव शनिबार, जेठ ६, २०८० वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनको भनाइ छ । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे ।

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला शनिबार, जेठ ६, २०८० मन्त्री ज्वालाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे । उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्र विन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए ।

उच्च शिक्षा पढ्न बिदेसिने क्रम रोक्न आग्रह शनिबार, जेठ ६, २०८० शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९/०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो नौ महिनाको अवधिमा रु ६७ अर्ब १९ करोड बाहिरिएको छ ।

९ करोड लगानीको फिल्म ‘डाकिनी’ ६ हलमा मात्रै रिलिज शनिबार, जेठ ६, २०८० ‘हामीले फिल्मको प्रचारप्रसार र हल्लाखल्ला गरेर नेपाली दर्शकलाई झुक्याउने प्रयत्न गरेनौँ । किनभने हामीलाई राम्रोसँग थाहा छ यो नेपाली दर्शकसँग स्वाद मिल्ने फिल्म होइन,’ डाकिनी अभिनेता तथा निर्माण कम्पनी षट्कोण आर्ट्सका सञ्चालक रविन्द्रसिंह बानियाँले भने, ‘त्यसैले हामीले सीमित हलहरूमा मात्रै टार्गेटेड अडिएन्सका लागि शो राखेका हौँ ।’

नक्कली भुटानी शरणार्थी अनुसन्धानमा अमेरिकाले चासो राख्नु स्वभाविक : प्रधानमन्त्री दाहाल शनिबार, जेठ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको हात नभएको बताएका छन् ।

मच्छेगाउँमा एक महिलाले गरिन् आगो लगाएर आत्महत्या शनिबार, जेठ ६, २०८० जिल्ला प्रहरी परिसरका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ तिर पेट्रोल छर्केर आफै शरीरमा आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

स्वास्थ्यमन्त्री बस्नेतसहितको टोली जेनेभा गयो शनिबार, जेठ ६, २०८० विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागि हुन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा गएका छन् ।









