News Griha :: न्यूजगृह
स्वास्थ्यमन्त्री बस्नेतसहितको टोली जेनेभा गयो 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागि हुन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा गएका छन् ।

७ देखि १६ जेठसम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरीवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने तयारी छ ।

उक्त टोलीमा स्वास्थ्यमन्त्री बस्नेत, मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना सहभागि छन्  ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १०:११
Weather Update