News Griha :: न्यूजगृह
मच्छेगाउँमा एक महिलाले गरिन् आगो लगाएर आत्महत्या

काठमाडौं— रामेछाप घर भई काठमाडौं मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेकी छन्  ।

जिल्ला प्रहरी परिसरका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ तिर पेट्रोल छर्केर आफै शरीरमा आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा शनिबार बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १०:२६
Weather Update