News Griha :: न्यूजगृह
भारतमा अब २ हजारका नोट नचल्ने

नयाँ दिल्ली— भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ ।

भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय रिजर्भ बैंकले विज्ञप्तिमार्फत सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन अनुरोध गरेको छ ।

बीबीसी हिन्दीले जनाएअनुसार २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २१:२५
Weather Update