विदेशमा रहेका नेपालीले भोट दिने व्यवस्था मिलाउने घोषणा
काठमाडौं— सरकारले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत मतदान गर्न पाइने घोषणा गरिएको हो ।
विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने राष्ट्रपति पौडेलले बताए ।
पूर्णपाठ
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० २१:१३