सरकारले नेपाल टेलिभिजन र रेडिओ नेपाललाई गाभ्ने
काठमाडौं— सरकारले नेपाल टेलिभिजन र रेडिओ नेपाललाई गाभ्ने भएको छ ।
शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो । त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।
अनलाइन सेवालाई सबै वडाहरूमा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन तथा मर्यादित पत्रकारिताका लागि नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रूपमा अघि बढाउने पनि सरकारको नीति छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:३५













