News Griha :: न्यूजगृह
स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने

काठमाडौं— सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । 

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने बताए । 

नीति तथा कार्यक्रममा अशक्त, असहाय, र ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भनिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५२
Weather Update