शैक्षिक क्यालेन्डर परिमार्जन गरिने, हरेक स्थानीय तहमा स्मार्ट विद्यालय
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम गर्नका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गरिने बताएका छन् । त्यसका लागि शैक्षिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘हरेक तहमा एक स्थानीय विद्यालयलाई स्मार्ट विद्यालय बनाइ प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने छ,’ कार्यक्रममा भनिएको छ, ‘विद्यार्थी मूल्यांकनको राष्ट्रिय मापदण्ड तर्जुमा गरिनेछ । उच्च शिक्षामा सबैको सबल पहूँच बढाइनेछ । उच्च शिक्षालाई उद्यम तथा रोजगारी केन्द्रित गरिनेछ ।’
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:४१













