News Griha :: न्यूजगृह
हिमाल बचाउ अभियान सुरु गरिने, अन्तर्राष्ट्रिय सहायता प्रदान गर्न सरोकारवाला मुलुकसँग पहल गरिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले हिमाल बचाउ अभियान सुरु गरिने बताएका छन् । 

उनले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै जलवायुको परिवर्तनको मुद्दामा नेपालको संलग्नता र क्षमता अभिवृद्धि गरिने जानकारी दिए । उनले भने, ‘अल्पविकसित, हिमाली देशहरूमा जलवायु परिवर्तनले पारेको असरबारे संवेदनशीलता जगाउन र क्षतिपूर्ति दिन तथा अन्तर्राष्ट्रिय सहायता प्रदान गर्न सरोकारवाला मुलुकहरूसँग पहल गरिनेछ ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:३७
Weather Update