News Griha :: न्यूजगृह
उद्धारका लागि राष्ट्रिय एकीकृत आकस्मिक प्रणाली सुरु गर्ने 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आगलागी, दुर्घटना र आपराधिक क्रियाकलापबाट गम्भीर घाइते भएकाको उद्धारको लागि राष्ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरी सुरु गर्ने बताए । 

उनले यसका लागि एम्बुलेन्स, दमकल, स्वास्थ्य र सुरक्षाकर्मीसहितको एकीकृत टोली बनाइने शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रममार्फत जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:२२
Weather Update