News Griha :: न्यूजगृह
सबै खाले बालश्रम शोषणको अन्त्य गरिने 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै खाले बालश्रम शोषणको अन्त्य गरिने बताए । 

‘अपांग, अशक्त, बेवारिसे, हिंसा पीडित, सडक बालबालिका, टुहुरा तथा अनाथ बालबालिकाको संरक्षण र पुनःस्थापनाका लागि प्रदेश तथा स्थानीय तहमा अल्पकालीन उद्धार कार्यक्रम गरिने छ,’ नीति तथा कार्यक्रम वाचन गर्दै उनले भने, ‘बाल सुधार गृहहरूको भौतिक तथा संस्थागत क्षमता अभिवृद्धि गरिने छ । बालमैत्रीपूर्ण पूर्वाधार निर्माण गर्दै लगिने छ ।’
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:२९
Weather Update