News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक अवरुद्ध, नागरिकता विधेयक निष्क्रिय नबनाएसम्म बैठक चल्न नदिने एमालेको चेतावनी
प्रतिनिधि सभा बैठक अवरुद्ध, नागरिकता विधेयक निष्क्रिय नबनाएसम्म बैठक चल्न नदिने एमालेको चेतावनी राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपाली भूमि भारतसँग साट्ने काम गरेको विरोधमा एमालेले बैठक अवरुद्ध गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट शर्माको इजलासमा
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट शर्माको इजलासमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका थिए।
विदेशीलाई खुशी पार्न नागरिकता विधेयकमा प्रमाणीकरण गरियो : प्रेम सुवाल 
विदेशीलाई खुशी पार्न नागरिकता विधेयकमा प्रमाणीकरण गरियो : प्रेम सुवाल  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नागरिकता विधेयक विदेशीलाई खुशी पार्न प्रमाणीकरण गरेको आरोप लगाएका छन् । 
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपितलाई उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
१७ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?
१७ सयले घट्यो सुनको मूल्य, चाँदीको कति? सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने
एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज 
गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन् । सरकारले यही १२ जेठमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको थियो ।
घरभाडा नबढाउन अपिल
घरभाडा नबढाउन अपिल आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणको पक्षबाट पूर्व महान्यायाधिवक्तासहित १८ अधिवक्ताको जम्बो टोली बहसमा उत्रँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणको पक्षबाट पूर्व महान्यायाधिवक्तासहित १८ अधिवक्ताको जम्बो टोली बहसमा उत्रँदै जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायाधिवक्ता थिए ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रर्दशन 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रर्दशन  आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै नेमकिपाले जुलुस तथा धर्ना कार्यक्रम गरेको हो ।   
Weather Update