नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज

काठमाडौं— नेपालले अन्तिम खेलमा मलेसियालाई हराउँदै दुई देशबीचको शृङ्खला कब्जा जमाउन सफल भएको छ । नेपालले पाँच खेलको महिला टी ट्वान्टी आई शृङ्खला ३–२ ले कब्जा जमाएको छ ।
आइतबार मलेसिया भएको घरेलु टोलीविरुद्धको अन्तिम खेलमा नेपालले ११० रनको लक्ष्य १९ ओभर दुई बलमा पूरा गर्दै ३ विकेटको जित दर्ता गराउन सफल भयो ।
नेपालको जितमा ओपनर सीता राना मगरले ३७ बलको सामना गरी ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाइन । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । पाँच खेलको यस शृङ्खलामा नेपालले पहिलो पटक मलेसियासँग हार पनि स्विकार्नु परेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:४५