कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक आइतबार, जेठ २१, २०८०

विद्यालय कर्मचारीको धर्ना : इकाईले पठायो केन्द्रलाई पत्र आइतबार, जेठ २१, २०८० शिक्षा विकास तथा समन्वय इकाई चितवनले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले इकाई परिसरमा गरेको (धर्ना) आन्दोलनको जानकारी पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पठाएको छ ।

रास्वपाले गर्यो संकल्प प्रस्ताव दर्ता, डेङ्गु रोग नियन्त्रण गर्न माग आइतबार, जेठ २१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

मोरङका अस्पतालमा गर्मीका बिरामी बढे, विद्यालय बन्द, जनजीवन कष्टकर आइतबार, जेठ २१, २०८० मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ ।

एशियन कप : नेपाली महिला फुटबल टोलीकाे बिदाइ आइतबार, जेठ २१, २०८० एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आइतबार बिदाइ गरिएको छ ।
ए डिभिजनमा पुलिसले हरायो मछिन्द्रलाई आइतबार, जेठ २१, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
![देशैभरका इकाईमा विद्यालय कर्मचारीको धर्ना [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/karmachari1685880679.jpg)
देशैभरका इकाईमा विद्यालय कर्मचारीको धर्ना [तस्बिरहरू] आइतबार, जेठ २१, २०८० सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै देशैभरका शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयका कर्मचारीले धर्ना दिएका छन् ।

०६३ सालको गौर हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै सर्वोच्चमा रिट, पेसी भोलि आइतबार, जेठ २१, २०८० त्रिभुवन साह सहितका निवेदकले दिएको रिट दर्ता भएको प्रवक्ता विमल पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार रिटको सुनुवाइका लागि २२ जेठमा गते पेसी तोकिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरी मुद्दाको अनुसन्धान अगाडि बढाउनु पर्ने माग गर्दै रिट दर्ता भएको हो ।

निर्माण व्यवसायी महासंघ आन्दोलित, दियो ४ असार सम्मको अल्टिमेटम आइतबार, जेठ २१, २०८० महासङ्घका अध्यक्ष रवि सिंहले आइतबार पत्रकार सम्मेलन गरी म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन नभएको भन्दै आक्रोश पोखे ।

नागरिकता विधेयक : राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको आदेश आइतबार, जेठ २१, २०८० न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि झिकाउन कारण देखाउ आदेश जारी गर्दै राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई तत्काल कार्यन्वयन नगर्न आदेश दिएको हो ।

अब विद्युत निर्यातको समस्या समाधान हुन्छ : मन्त्री महत आइतबार, जेठ २१, २०८० मन्त्री महतले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । मन्त्री महतले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा कम हुने पनि बताए ।

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा सहजता आउँछ : गभर्नर आइतबार, जेठ २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) र भारतको नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीचको सम्झौताले डिजिटल कारोबारमा सहजता ल्याउने उनले बताए ।

पुँजीगत लाभकरमा पुरानै प्रावधान कायम राख्न अर्थ मन्त्रालय सहमत आइतबार, जेठ २१, २०८० आन्दोलनरत शेयर लगानीकर्ता र अर्थ मन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्तामा लगानीकर्ताले बजेटको २९ नं. बुँदा हटाउन माग गरेका थिए ।








