News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीको धर्ना : इकाईले पठायो केन्द्रलाई पत्र

काठमाडौं— शिक्षा विकास तथा समन्वय इकाई चितवनले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले इकाई परिसरमा गरेको (धर्ना) आन्दोलनको जानकारी पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पठाएको छ ।

इकाई प्रमुख भूमिलाल शर्मा सुवेदीले केन्द्रलाई आइतबार पत्र पठाएका हुन् । सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै देशैभरका शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयका कर्मचारीले धर्ना दिएका छन् ।

सरकारले कुनै पनि हालतमा माग पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा र आगामी आर्थिक वर्षमा पनि तलबलगायत माग पूरा नगर्दा उनीहरू पीडित छन् ।

patra1685883950.jpg

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १८:४७
Weather Update