एशियन कप : नेपाली महिला फुटबल टोलीकाे बिदाइ

काठमाडौं— एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आइतबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आइतबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् ।
नेपालले पहिलो खेल यही २३ जेठमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २५ जेठमा चीनसँग तथा तेस्रो खेल २७ जेठमा चाइनिज ताइपेईसँग खेल्नेछ ।
यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट खेलबाट नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १८:२१