News Griha :: न्यूजगृह
घरभाडा नबढाउन अपिल
प्रतिनिधिमूलक फाइल तस्बिर ।

चितवन— व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सम्भव भए छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ ।

आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ ।

औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ ।  आर्थिक जटिलताका कारण व्यापार व्यवसाय  सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायी लगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:४१
Weather Update