सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदै छ : शिक्षामन्त्री राई सोमबार, जेठ २९, २०८०

बजेटमा अर्थतन्त्रका चुनौतीको वस्तुगत समीक्षा गरिएको छ : अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरूको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन् ।

‘स्थानीय किसान र उद्यमीको संरक्षण गर्न उपभोग्य वस्तुमा कर’ सोमबार, जेठ २९, २०८० सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले प्याज र आलुमा भ्याट लगाउनुको उद्देश्य स्थानीय किसान र उद्यमीको संरक्षण गर्नुबाहेक अन्य उद्देश्य नरहेको बताए ।

अर्थमन्त्री महत भन्छन्– राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो नभएको बताएका छन् ।

बजेट वितरणमा कुनै पक्षपात भएको छैन : अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र बढी बजेट गएको भन्ने गुनासो सही नभएको बताएका छन् ।

अर्थमन्त्रीको प्रष्टोक्ति : निर्वाचन कार्यालय खारेज गर्ने सरकारको मनसाय छैन सोमबार, जेठ २९, २०८० सोमबार बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले छुट्टै कार्यालय नराखेर जिल्ला प्रशासन कार्यालयभित्र एउटा इकाइको रूपमा राख्न खोजेको बताए । उनले यसो गर्दा खर्च कटौती हुने विश्वास सरकारको रहेको जिकिर गरे ।

बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० सोमबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वैदेशिक र आन्तरिक ऋण, राजस्व सङ्कलनको अवस्था, कोरोना महामारी र रुस–युक्रेन युद्धको असरले पुर्याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको बताए ।

अर्थमन्त्री महत भन्छन्— बजेटमा दम भएकै कारण दर्जनौँ प्रश्न उठेको हो सोमबार, जेठ २९, २०८० प्रतिनिधि सभामा आर्थिक बर्ष २०८०-८१ को अनुमानित आयव्यय माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैँ अर्थमन्त्री महतले विपक्षी दलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे ।

विदेशी दाताहरू सहयोग दिन तयार छन्, तर खर्च गर्ने क्षमता हामीसँग छैन : अर्थमन्त्री सोमबार, जेठ २९, २०८० सोमबार बजेटमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा महतले विदेशी दाताहरूले सहयोगका लागि अझै पनि इच्छा देखाएका छन् । तर हामीसँग खर्च गर्ने क्षमता देखाउन नसक्दा सहयोगका लागि देखाएको इच्छा लिन नसकेको उनको भनाइ थियो ।

एसियाड तयारी : नेपाली बक्सिङ टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक शिव सिंह सोमबार, जेठ २९, २०८० भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल भएका छन् । सिंहले आगामी १९ औ एशियाली खेलकुदको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने सोमबार, जेठ २९, २०८० संसदीय सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

नयाँ ब्रोकर लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न सांसदहरूको माग सोमबार, जेठ २९, २०८० सांसदहरूले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

सोमबार सुनको मूल्य कति ? सोमबार, जेठ २९, २०८० नेपाल सुन चाँदीव्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।









