
प्युठान कार दुर्घटना : थप एकको सनाखत सोमबार, जेठ २९, २०८० दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएको हो । यसअघि सात जना मृतकको सनाखत भएको थियो ।

६ केजी चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ सोमबार, जेठ २९, २०८० टर्किस एअरकोउडानद्वारा स्तानबुल हुँदै जर्मनी जान लागेका उनको लगेजबाट चरेस फेला परेको हो । उनीविरुद्ध लागूऔषध नियन्त्रणले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं उड्न ठिक्क बुद्ध एअरको जहाजमा धुवाँ देखिएपछि... सोमबार, जेठ २९, २०८० बुद्ध एअरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले जहाज भित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। यात्रीहरूलाई अर्को जहाजबाट काठमाडौं पठाइएको सिंहले बताए ।

नेसपा अध्यक्ष डा. भट्टराईले गृहजिल्लाबाट सुरु गरे संगठन विस्तार अभियान सोमबार, जेठ २९, २०८० विकास आयोजना अनुगमन गर्न सोमबार गृहजिल्ला आएका डा. भट्टराईले पौवाटारमा स्थानीय नेतासँग सङ्क्षिप्त कुरा गर्दै संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन् ।

यस वर्ष मलको अभाव नहुने सोमबार, जेठ २९, २०८० सोमबार धान मकै र गहुँबालीको लागि स्थान विशेष मलखाद सिफारिस सम्बन्धी प्रविधि विमोचन तथा पत्रकार सम्मेलनमा महानिर्देशक शर्माले अहिले उपलब्ध मल प्रदेशलाई बाँडफाँड गर्न सहज रहेको बताए ।

कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा सोमबार, जेठ २९, २०८० कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए ।
पूर्व राष्ट्रपति यादव भन्छन्– मुलुकको सिस्टम बदल्न जरुरी छ सोमबार, जेठ २९, २०८० सोमबार काठमाडौंमा आयोजित ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकताः भ्रष्टाचार विरोधी हाम्रो प्रतिवद्घता’ विषयक विचार गोष्ठीमा पूर्व राष्ट्रपति यादवले देशको सिस्टमलाई बदल्न जरुरी भएको बताए ।
दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, जेठ २९, २०८०

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना, ८ जनाको मृत्यु सोमबार, जेठ २९, २०८० लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिङ्ग्रीकोटमा दुर्घटनामा परेको हो । उक्त कार सडकबाट तल खसेरको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा कारमा सवार सबै (८ जना)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

विनियोजन विधेयक बहुमतबाट स्वीकृत सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका थिए ।विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमा यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।

प्रतिनिधि सभामा दुई विधेयक पेस सोमबार, जेठ २९, २०८० प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएका छन् ।

गोङ्गबुको होटलमा मृत फेला परे प्रेमी-प्रेमिका सोमबार, जेठ २९, २०८० गोङ्गबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका– ९ स्थित ग्रीन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् ।









