News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा दुई विधेयक पेस

काठमाडौं— प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस  भएका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तुत गरेका हुन् ।

नेमकिपा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए । तर उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको
थियो ।

अहिले विनियोजित विधेयकको विषयमा छलफल शुरु भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:०३
Weather Update