News Griha :: न्यूजगृह
कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा
फाइल तस्बिर।

मकवानपुर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।
कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए । 

मकवानपुरको मनहरीमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले कांग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताए । आशाले मान्छे बाँचे जस्तै कांग्रेस पनि भोलिको आशाको केन्द्र बन्ने महामन्त्री थापाको भनाइ थियो ।

देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा कांग्रेस रहेको बताउँदै उनले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याए । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २०:०९
Weather Update