News Griha :: न्यूजगृह
पूर्व राष्ट्रपति यादव भन्छन्– मुलुकको सिस्टम बदल्न जरुरी छ

काठमाडौं–  पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र ल्याएपनि त्यसको व्यवस्थापन गर्न नसकेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकताः भ्रष्टाचार विरोधी हाम्रो प्रतिवद्घता’ विषयक विचार गोष्ठीमा पूर्व राष्ट्रपति यादवले देशको सिस्टमलाई बदल्न जरुरी भएको बताए । 

उनले भने, ‘हामी देशको सिस्टम बनाउन मै लाग्यौं । हाम्रो देशले  सिस्टमको लागि लडाइ गर्यो, दुर्भाग्य  हामी जहिले पनि लोकतन्त्र ल्याउँछौं । व्यवस्थापन पक्ष राम्रो हुँदैन । म तपाईँहरूलाई भन्न चाहन्छु कि पढ्नुस्, मनोरञ्जन गर्नुहोस्, गुड्नुस्, भनेको बुझ्नुस् र बुझेर संसारको इतिहासमा उत्तारचढाव आएको छ । अहिले युवाहरूलाई हतार धेरै भएको छ । र, यसमा सकारात्मक पक्ष र नकारात्मक दुवै पक्ष रहेको छ । अहिले प्रविधिले जोडिएर युवाहरू हतारिएका छन् । एकैचोटी कसरी राम्रो हुन्छ । यो सिस्टम राम्रो बनेन भने त्यसमा सम्पूर्ण दोष पार्टीहरूको हुन्छ । ’ 

पूर्व राष्ट्रपति यादवले सबै कुराहरू सिस्टमले लानु पर्ने र काम गर्ने क्रममा केही तलमाथि भए त्यसको जिम्मा राजनीतिक पार्टीले लिनु पर्ने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:५७
Weather Update