News Griha :: न्यूजगृह
काठमाडौं उड्न ठिक्क बुद्ध एअरको जहाजमा धुवाँ देखिएपछि... 

जनकपुर जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एअरको जहाजको उडान रद्द भएको छ । 

यू ४–५०८ नम्बरको जहाज साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। अपरान्ह ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो जहाज १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो ।

बुद्ध एअरका जनकपुर प्रमुख विजय सिंहले प्राविधिक टिमले जहाज भित्र खराबी रहे वा नरहेको हेरिरहेको बताए। यात्रीहरूलाई अर्को जहाजबाट काठमाडौं पठाइएको सिंहले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २०:५४
Weather Update