मृतक सबै दाङका
प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं— प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिङ्ग्रीकोटमा दुर्घटनामा परेको हो । उक्त कार सडकबाट तल खसेरको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा कारमा सवार सबै (८ जना)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा दाङको लमही नगरपालिका- ५ का चालक ताराबहादुर कुमाल, लमही- ७ का गोविन्द शाह, उनकी श्रीमती राधा र छोरा आदित्य शाह छन् । प्रहरीका अनुसार दाङ कै तुल्सीपुर उपमहानगरपालिका- १५ सरिता शर्मा पोख्रेल, उनका छोरा विशाल र विकासको पनि दुर्घटनामा मृत्यु भएको छ ।
१ बालकको भने सनाखत भएको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १९:४०