तेस्रो साउथ एसियन योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो, नेपाल दोस्रो सोमबार, जेठ २९, २०८०

जुत्ता चप्पल : कच्चापदार्थको महसुल ३० बाट घटाएर १५ प्रतिशत मात्रै सोमबार, जेठ २९, २०८० आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले वास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई घटाई १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए ।

सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया सोमबार, जेठ २९, २०८० प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्न पाउने व्यवस्थासहित नयाँ निर्वाचनसम्बन्धी कानुन आउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सो सम्बन्धी कानुनको मस्यौदामा सबै तहको निर्वाचनको मितिको समेत स्पष्ट व्यवस्था गरिएको बताए ।

बजेट इच्छापत्र मात्रै होइन कार्यान्वयनमुखी छ : अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० सोमबार प्रतिनिधि सभामा सांसदहरूले बजेटको विषयमा राखेका जिज्ञासामा उनले भने, ‘कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको छ । यो बजेट इच्छापत्र मात्रै होइन ।’

यसरी भइरहेको छ तिनाउ नदी दोहन सोमबार, जेठ २९, २०८० तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली सोमबार राति फिलिपिन्स प्रस्थान गर्दै सोमबार, जेठ २९, २०८० साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली सोमबार राति ८ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिलिपिन्स प्रस्थान गर्दैछ ।

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत : महासचिव पोखरेल सोमबार, जेठ २९, २०८० नेकपा एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् ।

आलु प्याज जसरी सवारीसाधन किन्न सकिन्न : अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पार गएर आलु प्याज किने जसरी सवारीसाधन खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धी सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् ।

नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो सोमबार, जेठ २९, २०८० तीव्र उतारचढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।

अर्थमन्त्रीको दाबी– आगामी आर्थिक वर्षमा लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ सोमबार, जेठ २९, २०८० आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरू रहेको बताए ।

पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु सोमबार, जेठ २९, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

भन्सार छल्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटको सवारीमा एउटै महसुल : अर्थमन्त्री महत सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छल्न एउटा सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताएका छन् ।

अर्थमन्त्रीको दाबी– विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा सोमबार, जेठ २९, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताएका छन् ।









