अर्थमन्त्रीको दाबी– विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संघीय संसद्मा जवाफ दिँदै डा. महतले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्नकै लागि नेपालमा सार्क मुलुककै भन्दा कम कर रहेको बताए ।
उनले भने, ‘सार्क मुलुकहरूमा समेत विद्युतीय सवारीसाधनमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै छ । भारतमा अनएसेम्बल अवस्थाका साधनमा ३५ प्रतिशत, ४० हजार अमेरिकी डलरसम्मको लागि ६० प्रतिशत र सोभन्दा बढी मूल्यको हकमा १०० प्रतिशत रहेको छ भने पाकिस्तानमा ५० प्रतिशत, बंगलादेशमा सबै प्रकारको कर गरेर करिब ९० प्रतिशत र श्रीलंकामा ५० किलोवाट सम्मका लागि १५ प्रतिशत भन्सार र प्रति किलोवाट १५ हजार अन्तःशुल्क लाग्ने व्यवस्था रहेको देखिन्छ ।’
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १५:२६