News Griha :: न्यूजगृह
भन्सार छल्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटको सवारीमा एउटै महसुल : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छल्न एउटा सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताएका छन् । 

१० सिट क्षमतासम्मका विद्युतीय सवारीमा १० प्रतिशत तर, ११ देखि १४ सिटमा जम्मा १ प्रतिशत महसुल लाग्ने भएपछि व्यवसायीहरूले सिट थपेर आयात गरेकाले त्यसलाई व्यवस्थित गर्न १० देखि १४ सिट सम्मको सवारीमा एउटै कर लगाइएको डा. महतले तर्क छ । 

उनले भने, ‘विगतमा १० सिट सम्मका ठूला आकारका विद्युतीय साधनमा १० प्रतिशत भन्सार महसुल लाग्ने र ११ सिट देखि १४ सीटसम्मका माइक्रो बसमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो । साधनमा रहेको १ सिटको फरकको आधारमा कायम रहेको महसुल दरलाई योजनाबद्ध रूपमा छलि गर्नका लागि २ सिट अतिरिक्त फोल्डिङ सिट थप गरी ११ सिट बनाई अधिकांश सवारी साधन पैठारी गर्ने गरेको पाइएकोले १४ सिट सम्मका साधनमा लाग्ने महसुल दर समेत एउटै प्रस्ताव गरिएको हो । बस र मिनी बसमा लाग्ने महसुलको दरमा कुनै पनि परिवर्तन गरिएको छैन ।’

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:३२
Weather Update