News Griha :: न्यूजगृह
बजेट इच्छापत्र मात्रै होइन कार्यान्वयनमुखी छ : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इच्छापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले बजेटको विषयमा राखेका जिज्ञासामा उनले भने, ‘कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको छ । यो बजेट इच्छापत्र मात्रै होइन ।’

सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सीमित स्रोत र साधन भएकाले त्यहीअनुसार बजेट बनेको उनको भनाइ छ । 

उनले सरकारले चाहना भएर मात्रै पनि काम गर्न नसक्ने भन्दै कसलाई बढी महत्व दिने भन्ने प्राथमिकताका आधारमा काम गर्नुपर्ने अवस्था रहेको बताए । 

बजेटलाई एउटा सीमामा राखेर ल्याएको उनको भनाइ छ । उनले वैदेशिक अनुदान विधिसंगत रूपमा हुने र काम गर्दै जाँदा थाहा हुने पनि बताए ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:२२
Weather Update